पूर्वराष्ट्रपति भण्डारीले आधिकारिक ट्वीटर ह्याण्डललाई व्यक्तिगतमा रुपान्तरण

सहयात्रा टिभी

काठमाडौं । चैत ३, राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी बनाए  पछि हालका राष्ट्रपति रामचन्द्र पौडेलले भने व्यक्तिगत ट्वीटर ह्याण्डल चलाउँदै आएका छन् ।

भण्डारी शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP  लाई @BidyaDBhandari मा रुपान्तरण गरिएको छ । ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ ।

राष्ट्रपति पौडेलको सचिवालय स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर अकाउन्ट हामीलाई हस्तान्तरण भइसकेको छैन ।’

राष्ट्रपतिमा रामचन्द्र पौडेल २५ गते निर्वाचित भएका थिए । २९ फागुनमा उनले शपथग्रहण गरेका थिए । सोही दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेकी थिइन् ।

 

प्रकाशित : 17 March, 2023

प्रतिक्रिया दिनुहोस्