उपराष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौं । चैत ३, उपराष्ट्रपति पदको निर्वाचनमा बिहान १० बजेदेखि मतदान सुरु भएको छ । मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म जारी रहने छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालय भवनको ल्होत्से हलमा मतदान हुँदै छ । उपराष्ट्रपति निर्वाचनमा संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाका सदस्य गरी ८ सय ८२ जनाले मतदान गर्नेछन् ।
नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी, नेपालबाट १० दलीय गठबन्धनको साझा उम्मेदवारका रुपमा रामसहायप्रसाद यादव र जनतम पार्टीबाट ममता झा एवं जनता समाजवादी पार्टीबाट नै प्रमिलाकुमारीको उपराष्ट्रपति पदका लागि उम्मेदवारी छ ।
प्रमिलाकुमारीले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाइ सकेएकी छन् ।