बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयक संसद्‌मा पेश हुँदै

सहयात्रा टिभी

काठमाडौँ । चैत ५, प्रतिनिधि सभाको आज बस्ने बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश गर्ने तयारी गरिएको छ। आज (आइतबार) दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन-२०७१ लाई संशोधन गर्न बनेको विधेयक आइतबारको संसद् बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

शान्ति प्रक्रियासँग सम्बन्धित यी विधेयकलाई अघिल्लो संसदमै टेबल गरिएको थियो । तर त्यसमा थप छलफल आवश्यक परेको भन्दै संसदीय समितिमा फिर्ता गरिएको थियो । त्यहीबीचमा संसद् विघटन भएपछि विधेयक अलपत्र परेको थियो ।

प्रकाशित : 19 March, 2023

प्रतिक्रिया दिनुहोस्