ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

सहयात्रा टिभी

ललितपुर । चैत ५, ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकल यात्री महानगरपालिका-१७ भेल्पा बस्ने काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका-२ घर भएका ३४ वर्षीय बुद्धराज तिमिल्सिना रहेका प्रहरीले जनाएको छ ।

उनी चढेको साइकललाई शनिबार राति बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा घाइते भएका मोटरसाइकल चालकको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : 19 March, 2023

प्रतिक्रिया दिनुहोस्