नेप्से आज ६ दशमलव ९० अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौँ । चैत ५, हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ९० विन्दुले घटेर एक हजार नौ सय २६ दशमलव ४० विन्दुमा झरेको छ ।
जलविद्युत्, होटल र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ६ करोड ९८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ६ करोड रुपैयाँको शेयर किनबेच भयो ।