साफ यू-१७ महिला फुटबल: भारतसँग भिड्दै नेपाल
काठमाडौं । चैत ६, साउथ एसियन फुटबेल फेडेरेसन (साफ) यू–१७ महिला फुटबल प्रतियोगिता आज (सोमबार)बाट सुरु हुँदैछ।
बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ। नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो ३ बजे सुरु हुनेछ।
बलियो टोली भारतलाई हराउँदै नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ। भारत पनि जितको लक्ष्यसहित मैदान उत्रिनेछ।
प्रतियोगिताअन्तर्गत सोमबार नै दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाली टोली
गोलकिपर: सुजाता तामाङ, राधिला ओली, करुणा बुढाथोकी
डिफेन्डर: अञ्जना पुनमगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु
मिडफिल्डर: माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मियाँ, भावना परियार, पुनम चेम्जोङ
फरवार्ड: दीपा रोकाया, वर्षा ओली, सेनु परियार