त्रिविले चैत १२ भित्र स्थगित भएका क्याम्पसमा चुनाव गर्न निर्देशन

काठमाडौँ । चैत ६, त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्न निर्देशन दिएको छ ।
त्रिविका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले आउँदो १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्योभन्दा अगाडि नै चुनाव गर्न निर्देशन दिनुभएको हो ।
उहाँले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । हिजो चुनाव भएका कतिपय क्याम्पसमा अन्तिम परिणाम आइसकेको छ ।