सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय

सहयात्रा टिभी

काठमाडौँ । चैत ६, रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारले गरेको निर्णय मन्त्रिपरिषद्को बैठकबाट पारीत भएको जनाएको छ ।

बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरि यथावत् राख्ने निर्णय गरेको हो ।

यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

यो निर्णयको सर्वत्र विरोध भइरहेको थियो । आजको मन्त्रिपरिषद् बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत् रहने भएको छ ।

 

प्रकाशित : 20 March, 2023

प्रतिक्रिया दिनुहोस्