रविलाई मुद्दा नचल्ने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा

सहयात्रा टिभी

काठमाडौँ । चैत ६, उच्च सरकारी वकिलको कार्यालयले पनि पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ । उसले यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।

स्रोतका अनुसार लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो ।

उक्त प्रस्तावितमाथि सचिवस्तरीय राय तयार भएको र सम्भवत सोमबार नै महान्यायाधिवक्ता दिनमणि पोखरेलसमक्ष पेस हुने स्रोतको भनाइ छ । सरकार वादी हुने फौजदारी मुद्दामा मुद्दा नचल्ने राय तयार भएमा महान्यायाधिवक्ताले गर्ने निर्णय नै अन्तिम हुन्छ ।

 

प्रकाशित : 20 March, 2023

प्रतिक्रिया दिनुहोस्