जनमत पार्टीका सीके राउतले प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । चैत ६, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको छ ।
आज सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालमा सङ्घीयता नौलो कुरा नरहेको उल्लेख गर्नुभयो । नेपालमा बाइसे, चौबिसे राज्य भनेको सङ्घीयता नै रहेकोले पछिल्लो समय त्यसलाई नै पुनःस्थापित गर्न प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।
त्यसैले हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छ ।’ अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरू आउँदा दिनमा समेट्दै लैजानुपर्ने बताउनुभयो ।