पाटे बाघको आक्रमणबाट दुईको मृत्यु

सहयात्रा टिभी

बर्दिया । चैत ७, बर्दियामा पाटे बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका–५ को चिरौति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बाघको आक्रमणबाट मधुवन–५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

नेपाल -भारत सीमा नजिक घाँस दाउरा लिन लिन गएका बेला आक्रमण भएाको प्रहरीले जनाएको छ । मृतक दुई जना महिलाकाे शव पाेस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएकाे प्रहरीले जनाएको छ ।

प्रकाशित : 21 March, 2023

प्रतिक्रिया दिनुहोस्