प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल भोलिबाट काठमाडौं सुरु हुँदै

सहयात्रा टिभी

काठमाडौं । चैत ७, प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता भोलि बुधबारबाट काठमाडौं सुरु हुँदैछ । नेपाल, भुटान र लाओस सहभागि प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपालले लाओससँग खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता चैत १७ गतेसम्म चल्नेछ । प्रतियोगिताका लागि भुटान र लाओसको टोली सोमबार नै काठमाडौं आइसकेका छन् ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल बाहेक समुह चरणका खेललाई फिफाले अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलको मान्यता दिएको छ । नेपालका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको लागि यो प्रतियोगिता पहिलो परीक्षण हुनेछ ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

प्रकाशित : 21 March, 2023

प्रतिक्रिया दिनुहोस्