युक्रेन युद्ध समाधानका लागि चीनको प्रस्ताव प्रति पुटिन सकारात्मक
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । चैत ७, चिनियाँ राष्ट्रपति सी जिन पिङ र रुसका समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।
तीन दिने राजकीय भ्रमणका क्रममा रुस पुग्नुभएका चिनियाँ राष्ट्रपति सीले रुसका राष्ट्रपति पुटिनसँगको पहिलो भेटमा रुससँग आफ्नो देशको नजिकको सम्बन्ध रहेको बताउनुभएको छ ।
यो भेटमा सीले दुई देश रणनीतिक सहयोगका साझेदार रहेको र सम्बन्ध अझ घनिष्ठ हुनुपर्नेमा जोड दिनुभएको रुसी सरकारी टेलिभिजनले जनाएको छ ।
भेटमा रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिनुभएको छ ।
राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी पुटिनलाई आउँदो वर्ष हुने राष्ट्रपतीय चुनावमा रुसी नागरिकको समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गर्नुभएको छ ।