निर्वाचन आयोगले उपचुनावका लागि दल दर्ताको आह्वान

सहयात्रा टिभी

काठमाडौँ । चैत ७, निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपचुनावका लागि दल दर्ताको आह्वान गरेको छ ।

आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपचुनावका लागि आज दल दर्ताको सूचना निकालेको हो। उपचुनावमा भाग लिन चाहने दलले भोलिदेखि यही १२ गते आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् ।

चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपचुनावमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

चितवनको क्षेत्र नम्बर–२ तथा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि रिक्त भएका ठाउँमा आउँदो वैशाख १० गते उपचुनाव हुँदैछ ।

तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि यी निर्वाचन क्षेत्र रिक्त भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दुवै क्षेत्रको उपचुनावका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको कार्यक्रम प्रकाशित गरिएको छ ।

त्यस्तै सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अयोग्य रहेको आदेश गरेपछि चितवन–२ रिक्त हुन गएको थियो ।

प्रकाशित : 21 March, 2023

प्रतिक्रिया दिनुहोस्