पाथीभराबाट फर्कने क्रममा तीर्थालुको मृत्यु

सहयात्रा टिभी

ताप्लेजुङ । चैत ८, पाथीभरा दर्शन गरेर फर्कने क्रममा मंगलबार माथिल्लो फेदीमा एक महिलाको मृत्यु भएको छ ।

झपाको बिर्तामोड–२ चारपाने झापाकी ४७ वर्षीया शिवमाया गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । नन्द, भाञ्जा र अरु तीनजना साथीसॅगै पाथीभरा दर्शन गर्न आएकी उनी सोमबार बिहान मन्दिर पुगेर बेलुका माथिल्लो फेदी फर्किएकी थिइन् ।

३१ सय मिटर उचाइको माथिल्लो फेदीको होटलमा बास बसेकी उनी बिहान शौचालय गएकी थिइन् । लामो समयसम्म नफर्किएपछि नन्दले खोजी गर्दा शौचालयमै लडेको अवस्थामा भेटाएको कार्कीले बताए । स्थानीय स्वास्थ्यकर्मी उमानाथ पौडेलले परीक्षण गर्दा मृत्यु भइसकेको पाइएको बताएका छन् ।

प्रकाशित : 22 March, 2023

प्रतिक्रिया दिनुहोस्