नवलपुरमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । चैत ९, नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमाया थापाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो । बुधबार दिउँसो गैंडाले आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ ।

प्रकाशित : 23 March, 2023

प्रतिक्रिया दिनुहोस्