आज झापा जाँदै ओली

सहयात्रा टिभी
काठमाडौँ । चैत ९, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन्।
जहाजमार्फत दिउँसो १ बजे भद्रपुर जाने कार्यक्रम रहेको एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिएका छन्।
भोलि दमक २ मा निर्माण गरिएका ४३ वटा आवास भवनको उद्घाटन र जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन्। ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन्।

प्रकाशित : 23 March, 2023

प्रतिक्रिया दिनुहोस्