मुगु केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
सहयात्रा टिभी
मुगु । चैत १०, मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।

उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ।
यसअघि गत माघ १० र फागुन १० गते नै बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । महिनाको अन्तरालमा भूकम्प जान थालेपछि स्थानीय त्रसित भएका छन् ।


