मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारले पहल सुरु

सहयात्रा टिभी

काठमाडौं । चैत १०, मिटरब्याजी पीडित किसानहरुको समस्या समाधान गर्न सरकारले पहल सुरु गरिसकेको जानकारी प्राप्त भएको छ ।

सचिवालयका अनुुुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा मिटरब्याज पीडितलाई न्याय हुने गरी कानूनको मस्यौदा मन्त्रिपरिषद बैठकमा पेश गर्न कानून मन्त्रालयका सचिवलाई निर्देशन दिएको जनाएको छ ।

सोही निर्देशन बमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानहरुसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको र मिटरब्याजीका विरुद्ध सरकारले मुद्दा पनि चलाइरहेको भन्दै घर फर्किन आग्रह गरेका थिए ।

प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानहरुले कानून नबन्दासम्म घर नफर्कने अडान लिएका थिए । किसानहरुले सो अवसरमा काठमाडौंसम्मको यात्राका लागि आफूहरुलाई चिसोबाट जोगिन कम्बलको व्यवस्था गर्न र सवारीको प्रवन्ध मिलाउन आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले किसानहरुलाई कम्बलको व्यवस्था गरिदिएका थिए । सरकारले ३५० जना मिटर ब्याजीहरुलाई कारबाहीसमेत गरिसकेको शर्माले बताए ।

 

प्रकाशित : 24 March, 2023

प्रतिक्रिया दिनुहोस्