तथ्याङ्कमा जनसङ्ख्या असन्तुलन देखियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । चैत १०, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रौँराष्ट्रिय जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या असन्तुलित देखिएको बताएका छन् ।
आज नेपालको जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै हिमाल र पहाडमा जनसङ्ख्या घटेको र तराईमा जनसङ्ख्या बढेको पाइएको बताएका हुन् ।
उनले अब देशको जनसङ्ख्याका आधारमा विकासको नयाँ योजना बनाउन आवश्यक रहेको बताए । नयाँ तथ्याङ्क अनुसार नेपालको विकासको नयाँ योजना बनाउन सहज हुने प्रधानमन्त्री दाहालको भनाइ छ । उनले कोरोना महामारिका कारण समयभन्दा ५ महिना ढिलो गरी जनगणना सम्पन्न भएको बताए ।