सिक्वेल बन्ने तयारी गर्दै ‘थ्री इडियट्स’ स्टारर करिनाको संकेत

सहयात्रा टिभी

काठमाडौं । चैत १०, आमिर खान र करिना स्टारर हिट फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्ने कुराले यतिबेला बलिउडमा चर्चा चलेको छ ।

यो चर्चा यतिबेला सुरु भयो जतिबेला आमिरसहित आर माधवन अर्का कलाकार सरमन जोशीको गुजराती फिल्म ‘कङ्ग्राच्युएसन’लाई प्रवद्र्धन गर्न इन्स्टाग्राम लाइभ भिडियोमा उपस्थित भए ।

‘थ्री इडियट्स’का यी तीनै कलाकार एकसाथ भेला भएपछि फ्यानले सिक्वेल बन्ने अनुमान गर्न थालेका छन् । लगत्तै अभिनेत्री करिना कपुरले पनि इन्स्टाग्राममा भिडियो पोस्टमार्फत सिक्वेल बन्न लागेको संकेत गरिन् । करिनाको यो संकेतले झनै फ्यानको शंकामा बल मिलेको छ ।

 

करिनाले सिक्वेल बनाउने गन्ध आएको भन्दै भिडियोको अन्त्य गरेकी छन् । फेब्रुअरीमा राजकुमार हिरानीको ‘थ्री इडियट्स’मा क्रमशः फुन्सुक वाङ्डु, राजु र फरहानको भूमिका खेलेका आमिर, शरमन र माधवन शरमनको फिल्मको प्रमोसनका लागि जम्मा भएका थिए ।

फ्यानले उक्त लाइभमा ‘अल इज वेल’ लेखेर कमेन्ट गर्दै सिक्वेल बनाउन समेत आग्रह गरे । एक प्रशंसकले ‘राजु, रान्चो र फरहानको पुनर्मिलन’ भन्दै लेखे । ‘थ्री इडियट्स’ चेतन भगतको उपन्यास ‘फाइभ प्वाइन्ट समवन’मा आधारित थियो र २००९ को सबैभन्दा हिट फिल्म बनेको थियो ।

 

प्रकाशित : 24 March, 2023

प्रतिक्रिया दिनुहोस्