क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिन आग्रह

काठमाडौँ । चैत १२, राष्ट्रियसभामा बोल्दै चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने सदस्य खिमलाल देवकोटाले बताएका हुन ।
उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश आईसीसी विश्वकप लिगले देखाइसकेको भन्दै भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्न सरकार समक्ष आग्रह गरे ।
सांसद देवकोटाले राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो भए पनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने बताए ।
विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौं सरकारी विद्यालयहरु ध्वस्त भए । हुँदैछन् । उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुनसान छ । निजी कलेज, स्कुलले शुल्क बढाउँछन् तर सरकार मौन छ ।’
नेपालबाट दिनहुँ विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै सरकारले यसमा गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।