नेप्से सँगै कारोबार रकम समेत खुम्चियो

सहयात्रा टिभी

काठमाडौँ । चैत १२, आज नेप्से दोहोरो अंकको गिरावट सँगै कारोबार रकम समेत खुम्चिएको छ । आइतबार बजार २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको छ । यो १.४० प्रतिशतको गिरावट हो ।

आइतबार २५९ धितोपत्रको ३२ हजार १६८ वटा कारोबारबाट ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन कारोबार रकम १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको भएको छ । गत बिहीबार भने १ अर्ब ४१ करोड ३२ लाखको कारोबार भएको थियो ।

 

प्रकाशित : 26 March, 2023

प्रतिक्रिया दिनुहोस्