नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्ने : राष्ट्रपति पौडेल

काठमाडौँ । चैत १३, राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको जानकारी प्राप्त भएको छ ।
राष्ट्रपति पौडेलका अनुसार आम नागरिकसँग निकटतम् सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने व्यक्तित्वको रुपमा आफूले स्व.जोशीलाई चिनेको समेत जनाएका छन् ।
काठमाण्डौको हनुमानढोका पछाडि याट्खामा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको प्रतिमा अनावरण कार्यक्रममा उहाँले जनतासँग निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने , प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्नेमा उच्चतम अठोट व्यक्त गर्नुभयो ।
पौडेलले स्व। जोशीका बारेमा बोल्दै योग्यता र इमानदारितामा बराबर संगम रहेका विरलै मानिसमध्ये एक उहाँ रहेको जनाएका छन् । २०७७ साल फागुन १४ गते मस्तिष्कघात कारण जोशीको उपचारकाक्रममा २०७७ साल चैत १३ गते निधन भएको थियो ।