आज विश्व रङ्गमञ्च दिवस नेपालमा पनि मनाइँदै

सहयात्रा टिभी

काठमाडौँ । चैत १३, आज विश्व रङ्गमञ्च दिवस हरेक वर्ष जस्तै गरी यस वर्ष पनि नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।

सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्चिच्युटको अवधारणा अनुसार हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च दिवस मनाउने गरिएको छ ।

नेपालमा पनि विभिन्न रङ्गकर्मीहरुले नाटक प्रस्तुतिसहितका कार्यक्रम गरेर दिवस मनाउने गरेको जनाएका छन् । केही वर्षदेखि नेपालमा पनि रङ्गमञ्चको आकर्षण बढ्दै गइरहेको छ।

कोभिडको समयमा रङ्गमञ्चमा पनि ठुलै असर गरेको थियो । कोभिडका कारण थलिएको रङ्गमञ्चले फेरि तन्दुरुस्त बन्दै निरन्तर अगी बढेको रङ्गकर्मीहरुले बताएका छन् ।

पहिले काठमाण्डौमा मात्र सीमित रङ्गमञ्च अहिले काठमाण्डौ बाहिरका जिल्लामा पनि मनाउन थालीएको छ ।

प्रकाशित : 27 March, 2023

प्रतिक्रिया दिनुहोस्