मन्त्रिपरिषद विस्तार बारे प्रचण्ड, देउवा र नेपालबीच छलफल

काठमाडौं । चैत १३, मन्त्रिपरिषद विस्तारबारे अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग छलफल गर्ने जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफलमा परामर्श गर्ने जनाएको छ ।
सो छलफलमा बुधबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको जानकारी प्राप्त भएको छ ।