एआईजीमा बढुवाका लागि ४ जना सिफारिस

सहयात्रा टिभी

काठमाडौं । चैत १३, नेपाल प्रहरीका चार जना डीआईजीहरु एआईजीमा बढुवाका लागि सिफारिसमा परेका छन् ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ बढुवाका लागि सिफारिसमा परेका हुन् ।

६८.४६१२ नम्बर सहित सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा सिफारिसमा परेका सुदिपको ६८.२११२ नम्बर छ । तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र चौथो स्थानमा रहेका टेकबहादुरले ६७.६९७३ नम्बर पाएका छन् ।

प्रकाशित : 27 March, 2023

प्रतिक्रिया दिनुहोस्