काठमाडौँ महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्दै

सहयात्रा टिभी

काठमाडौँ । चैत १३, काठमाडौँ महानगरपालिकाले न्यायिक समितिको दुईदिने राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ ।

यही चैत १५ र १६ चैत हुने सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहका न्यायिक समितिका संयोजक एवं सदस्यमध्ये एक/एकजना सहभागी हुनेछन् ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले ७५३ वटै पालिकाका न्यायिक समितिका संयोजक तथा सदस्यमध्ये एक/एकजना सहभागी गराएर सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइन् ।
महानगरले आयोजना गर्ने सम्मेलनले सबै पालिकाका न्यायिक समितिका कामलाई एकरूपता दिने लक्ष्य लिइएको छ ।

प्रकाशित : 27 March, 2023

प्रतिक्रिया दिनुहोस्