नवलपरासीको विनयीत्रिवेणीमा नौ वटा बेवारिसे बम फेला

सहयात्रा टिभी

काठमाडौँ । चैत १३, पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेको जानकारी प्राप्त भएको छ ।

गाईबस्तु चराउन गएका किसानहरूले हिजो दिउँसो बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम फेला परेको जनाएका छन् ।

बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले बम फेला परेको जानकारीपछि दुम्कीवासका प्रहरी निरीक्षकको टोली खटिएको जानकारी दिनुभयो ।

ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ।

प्रकाशित : 27 March, 2023

प्रतिक्रिया दिनुहोस्