सन्दीप पक्षका कानून व्यवसायीले इजलासको ध्यानाकर्षण

सहयात्रा टिभी

काठमाडौं । चैत १३, बलात्कारको आरोप लागेका सन्दीप लामिछानेका कानून व्यवसायीहरुले काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि पेशी तोकिएको मुद्दाको सुनुवाइ सार्न आग्रह गरेका छन् ।

सन्दीपलाई थुनामा पठाउनुपर्छ भन्ने आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा फेरि त्यो मुद्दाको पेशी परेको भन्दै उनीहरुले इजलासको ध्यानाकर्षण गराएका हुन् ।

पहिले नै थुनछेक आदेश गरेर प्रतिवादीलाई थुनामा राख्नुपर्ने आदेश गरेका न्यायाधीशको इजलासमा मुद्दा परेकाले प्राविधिक रुपमा पनि मुद्दा मिल्दैन भनेर सन्दीप पक्षका कानून व्यवसायीले इजलासको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा न्यायाधीश घिमिरेले लिखित निवेदन माग गरेका जिल्ला अदालत काठमाडौंका एक कर्मचारीले बताए । इजलासले २ बजेपछि मात्रै पालो आउनसक्ने भन्दै मुद्दाका दुवै पक्षलाई खाजापछि इजलासमा सम्पर्क गर्न भनेको थियो ।

 

 

प्रकाशित : 27 March, 2023

प्रतिक्रिया दिनुहोस्