नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुनसक्ने संकेत गरे

सहयात्रा टिभी

काठमाडौँ । चैत १३, सोमबार पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुनसक्ने संकेत गरेका छन् ।

मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रगति विवरण सुनाएका छन् । त्यस क्रममा पत्रकारहरुले तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो भनेर प्रश्न गरेका छन् ।

अब छिटै मन्त्रिपरिषदले पूर्णता पाउने भन्दै जवाफमा उनले यो आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने बताए ।

 

 

 

प्रकाशित : 27 March, 2023

प्रतिक्रिया दिनुहोस्