नेप्सेमा दोहोरो अंकको वृद्धि
सहयात्रा टिभी
काठमाडौँ । चैत १३, साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।
सोमबार बजार परिसूचक नेप्से १७.७० अंकले वृद्धि हुँदा १९०६ अंकमा बन्द भएको छ । उत्पादनमूलक उपसूचकमा २.३५ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा, वित्त कम्पनी र विकास बैंक उपसूचक पनि २ प्रतिशत भन्दा माथिले वृद्धि भएका छन् ।
नेप्सेसँगै कारोबार रकम पनि सुधार भएको छ । सोमबार नेप्सेमा ३६ हजार ९८० वटा कारोबारमा ४३ लाख ८ हजार ६४५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ३८ करोड २८ लाखको कारोबार भएके छ ।
आयतबार १ अर्ब २८ करोड ९४ लाखको कारोबार भएको बजारमा सोमबार कारोबार रकम केही बढेको हो ।