सरोज खनालले रंगमंच सुधार गर्न सरकारलाई आग्रह
सहयात्रा टिभी
काठमाडौँ । चैत १३, अभिनेता सरोज खनालले नेपाली रंगमंचको स्थिती दयनीय रहेको बताउँदै रंगमंचको स्थिती सुधार गर्न सरकारलाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले ६२ औं रंगमंच दिवस मनाइरहँदा रंगकर्मीलाई श्रमिकको दर्जा दिइयोस् भनेर आवाज उठाउनुपर्ने दुःखद स्थिती रहेको बताए ।
संगीत तथा नाट्य प्रतिष्ठानकी कूलपति तथा अभिनेत्री निशा शर्माले सरकारले रंगकर्मीलाई भवन निर्माण गरिदिनुपर्ने बताइन् । हामीले बजेट आयो भने सानो एउटा हल बनाएर कार्यक्रम गर्ने सोच बताए ।
प्रमुख अतिथिको रुपमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली शिक्षा र संस्कृतिमा विदेश जाने सपना हुर्किएको बताउँदै संस्कृतिकर्मीमा देशप्रेम हुनुपर्ने बताए ।