आगलागीबाट बारामा १० लाख रुपैयाँ बराबरको क्षति

सहयात्रा टिभी

काठमाडौं । चैत १४, बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी प्राप्त भएको छ ।

सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट ६ वटा घरगोठ सहित जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय जनाएको छ ।

रामप्रित हाजराको घरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिनुभयो ।

आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो । अन्य विवरण आउन बाकी रहेको अनुसन्धानमा खटिएका प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 28 March, 2023

प्रतिक्रिया दिनुहोस्