राप्रपाले ३ वटै उपनिर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

काठमाडाैं । चैत १४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । बैठकले ३ वटै निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको उनले बताए ।
चितवन–२ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा निलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकिएको उनले बताए । कमाण्डरहरूले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारकाे बारेमा निर्णय लिने जनाइएकाे छ । निर्वाचन आयाेगले उपनिर्वाचनका लागि यहि चैत २० गते मनोनयन दर्ताको समय तोकिसकेकाे छ ।