माइतीघरमा भूमिहीन सुकुम्बासीले गरे प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । चैत १४, आज  मंगलबार पनि माइतीघरमण्डलामा भूमिहीन सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र ठाउँ खाली गर्न दिएको निर्देशन खारेज हुनुपर्ने, पक्राउ परेका भूमि अभियन्ता रिहा गर्नुपर्ने माग राखेर प्रदर्शन गरेको जनाएको छ ।

भूमि अभियन्ता हुकुमबहादुर लामा र नारायण परियारलाई प्रहरीले पक्राउ गरेर झुटो मुद्दा लगाएको उनीहरुको आरोप छ । हिजो सोमबार पनि प्रदर्शन गरेका थिए ।

 

 

प्रकाशित : 28 March, 2023

प्रतिक्रिया दिनुहोस्