बढ्यो सेयर बजार
सहयात्रा टिभी
काठमाडौं । चैत १४, दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले बढेको नेप्से परिसुचकले संकेत जनाएको छ ।
अघिल्लो साता निरन्तर घटिरहेको सेयर बजारमा सोमबार र मंगलबार लगातार १२.१० अंकले बढेको बजार १९१८.१० विन्दुमा पुगेर रोकिएको छ ।
मंगलबार शून्य दशमलव ६३ प्रतिशतले बजार बढेको हो । २५८ वटा धितोपत्रको ३५ हजार ९२६ वटा कारोबारबाट ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ ।