ओस्कार अवार्डको कार्यकारी कमिटीमा प्रियंका चोपडा मनोनीत
सहयात्रा टिभी
काठमाडौं । चैत १४, बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा ओस्कार अवार्ड आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजको सदस्यमा मनोनीत भएकी छन् ।
उनी ओस्कारको अभिनेता ब्रान्चतर्फको कार्यकारी कमिटीको हिस्सा बनेकी हुन् । ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेज’को सदस्यता बोर्ड अफ गभर्नरको निमन्त्रणाको आधारमा मात्र उपलब्ध हुने गर्छ ।
ओस्कारमा मनोनयन भए पनि सदस्यता लिन सकिन्छ । एकेडेमीको सदस्यता १७ भागमा विभाजन गरिएको छ, जसले फिल्मका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्छ ।
प्रियंका अभिनित फिल्म ‘व्हाइट टाइगर’ ओस्कारमा मनोनयन भएको थियो, जसको निर्माण पनि उनैले गरेकी थिइन् । प्रियंका चाँडै प्राइम भिडियोमा रिलिज हुने रुसो ब्रदर्स निर्देशित सिरिज ‘सिटाडेल’मा देखिनेछिन् । यसबाहेक उनको अर्को फिल्म ‘लभ अगेन’ हो ।