माधव नेपालले बोलाए आकस्मिक बैठक

सहयात्रा टिभी

काठमाडौँ । चैत १५, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आकस्मिक बैठक बोलाएका छन् ।

पार्टी कार्यालय आलोकनगरमा बुधबार दिउँसो साढे १ बजे बस्नेगरी अध्यक्ष माधव कुमार नेपालले सचिवालयको बैठक बोलाएका हुन् ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार बैठक बोलाइएको बताइएको छ ।

बैठकले एक जनामात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।

स्रोतका अनुसार प्रचण्डले आज बेलुकासम्म जसरी पनि मन्त्री बन्ने एक जनाको नाम दिन भनेका छन् । तर, मन्त्रालय भने दुई वटा दिन सकिने र अर्को पछि मिलाउँदै जाने भनिएको छ ।

आजै बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

 

प्रकाशित : 29 March, 2023

प्रतिक्रिया दिनुहोस्