नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने

सहयात्रा टिभी

काठमाडौँ । चैत १५, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री निश्चित हुने जानकारी प्राप्त भएको छ ।

 

भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा र गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको स्रोतले जनाएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने भएका हुन् । यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

यस्तै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको मन्त्रालय फेर्न तयारी भइरहेको बताइएको छ । अन्य माओवादीले पाएका मन्त्रालय र मन्त्रीहरू यथावत् हुने भएका छन् ।

प्रकाशित : 29 March, 2023

प्रतिक्रिया दिनुहोस्