रंगेलीबाट २३४ किलो गाँजासहित ५ जना पक्राउ

काठमाडौँ । चैत १५, मोरङको रंगेलीबाट प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ । पक्राउ पर्नेमा चार जना भारतीय रहेको बुझिएको छ ।
मंगलबार प्रहरी टोलीले रङ्गेली नगरपालिका-२ चेका खोलास्थित गहुँबारीबाट १५० किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरुले रङ्गेली नगरपालिका-३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा ल्याएको बताएपछि प्रहरी उनको घरमा खानतलासीका लागि पुगेको थियो ।
घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटेको प्रहरीले सो स्थानबाट कार्कीसहित गाँजा ओसारपसारमा भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पक्राउ गरेको थियो ।
दुई स्थानबाट २३४ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । पाँचै जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।