ठगीको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले गरे नाराबाजी

काठमाडौँ । चैत १५, नेपालमा बसेर चिनियाँ नागरिकले विभिन्न मुलुकलाई लक्षित गरेर साइबर अपराध गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार १९ जनालाई पक्राउ गर्यो ।
पक्राउ पर्नेमध्ये १० जना नेपाली ९ जना चिनियाँ नागरिक थिए । ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी गर्ने गिरोहसम्म पुर्याएको पाइएको छ ।
ह्वाट्स एपपमा अनलाइनमार्फत विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगिएको पाइएको छ ।
पैसा हाले पश्चात सामान अनलाइनमार्फत बिक्री हुन्छ, त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहनेछ र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भनिएर झुटो किर्ते गरी नेपालीबाट लाखौं ठगिएको अनुसन्धान टोली मार्फत जानकारी प्राप्त भएको छ ।
पीडितले एनआईसी एसिया बैंकको राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिँदै गर्दा चिनियाँ नागरिकले विरोध जनाए ।
उनीहरुले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी मात्रै गरेनन्, कार्यालय परिसरमा सुतिदिए ।