बालुवाटारमा मन्त्रालय टुंग्याउन दश दलको बैठक जारी

सहयात्रा टिभी

काठमाडौँ । चैत १५, बालुवाटारमा मन्त्रालय भागबण्डा टुंग्याउन दश दलको बैठक जारी रहेको आवद्ध दलका नेताहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा दश दलको बैठक बसिरहेको छ ।

सत्ताघटक दलका नेताहरुका अनुसार आज नै केही मन्त्रीलाई शपथ गराउने तयारी छ । पूर्ण आकारको मन्त्रिपरिषद भने मन्त्रालयको भागवण्डा टुंगो लगाएपछि बनाउने सत्तारुढ गठबन्धनको तयारी छ ।

 

प्रकाशित : 29 March, 2023

प्रतिक्रिया दिनुहोस्