सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने प्रचण्डको लक्ष्य

सहयात्रा टिभी

काठमाडौँ । चैत १६, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल भवनको शिलान्यास कार्यक्रममा बोल्दै सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको जनाएका छन् ।

चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान आयोजित शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै काम सकिएकाले सकेसम्म आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको बताए ।

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । यी मन्त्रालयहरु ३ माघको सहमतिअनुसार, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएका थिए ।

तर तीन वटै दलले पालैपालो सरकार छोडेपछि १५ माघदेखि जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै सरकारमा छन् ।

प्रकाशित : 30 March, 2023

प्रतिक्रिया दिनुहोस्