गृहमा सरकार र मिटरब्याज पीडितबीच वार्ता

सहयात्रा टिभी

काठमाडौँ । चैत १६,  गृह मन्त्रालयमा सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच वार्ता जारी रहेको जानकारी प्राप्त भएको छ ।

सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी भएको जनाएको छ ।

संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन् । आज १२ बजेदेखि बानेश्वरमा धर्ना र आन्दोलन जारी राख्ने संघर्ष समितिका सदस्यले जनाएको छ ।

 

 

 

प्रकाशित : 30 March, 2023

प्रतिक्रिया दिनुहोस्