रविबारे टिप्पणी गर्दै कांग्रेस नेता श्रेष्ठले उपनिर्वाचनमा आफूले जित्ने दाबी गरे

सहयात्रा टिभी

काठमाडौँ । चैत १६, चितवनका नेपाली कांग्रेस नेता जीतनारायण श्रेष्ठले रविबारे टिप्पणी गर्दै वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन् ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

नेता श्रेष्ठले यसपटक चिवतन–२ मा सत्ता साझेदार दलहरुको साझा उम्मेदवार आफू बन्ने बताए । रवि लामिछानेसँग चितवनका बासिन्दा एक पटक झुक्किएको भन्दै श्रेष्ठले भने, ‘अहिले वास्तविकता बुझिसके ।’

त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ४ मंसिरमा रवि लामिछानेको पक्षमा देखिएको माहोल अहिले नरहेको बताए ।

 

प्रकाशित : 30 March, 2023

प्रतिक्रिया दिनुहोस्