तनहुँमा रास्वपाबाट स्वर्णिमलाई उठाउने कुरा रोक्न दुई महामन्त्री सक्रिय

सहयात्रा टिभी

 

काठमाडौँ । चैत १६, कांग्रेस नेता तथा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा उम्मेदवार बनाउने प्रस्ताव गरेपछि दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा उनलाई रोक्न सक्रिय भएका छन् ।

तनहुँ १ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले वाग्लेलाई उम्मेदवार बन्न प्रस्ताव गरेको सूचना बाहिरिएपछि दुई महामन्त्री उनलाई रोक्ने प्रयासमा छन् ।

वाग्लेजत्तिको सम्भावना भएको नेतालाई गुमाउन नहुने भन्दै महामन्त्रीहरुले सम्भावित विकल्प र अरु अवसरहरुबारे समेत कुरा गर्नुपर्ने ठानेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई यसबारे अवगत गराइसकिएको कांग्रेस स्रोतले भन्यो ।

रास्वपाबाट तनहुँमा उम्मेदवार बन्ने विषयमा वाग्लेको प्रतिक्रिया आउन बाँकी छ ।

 

प्रकाशित : 30 March, 2023

प्रतिक्रिया दिनुहोस्