दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि सुस्त बन्दै

सहयात्रा टिभी

काठमाडौँ । चैत १६, सेयर बजारमा बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि सुस्त बन्दै गएको जानकारी प्राप्त भएको छ ।

लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम १ अर्ब भन्दा तल झरेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १०.८७ अंकले गिरावट हुँदा १९०८.५५ अंकमा बन्द भएको छ ।

होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबै उपसूचमा गिरावट भएका छन् । होटल तथा पर्यटन उपसूचक ०।५० प्रतिशतले बढेको छ ।

सेयर बजार परिसूचक नेप्से घटेर लल्लो विन्दुमा आउँद लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन् । जसले कारोबार रकम पनि घट्दै गएको छ । नेप्सेमा सुस्त बन्दै गर्दा पनि कारोबार रकम लगातार १ अर्ब माथि भएपनि बुधबार र बिहीबार भने १ अर्बबाट तल झरेको हो ।

प्रकाशित : 30 March, 2023

प्रतिक्रिया दिनुहोस्