प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगे

सहयात्रा टिभी

काठमाडौं । चैत १७, राष्ट्रपति रामचन्द्र पौडेल लाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेको जानकारी प्राप्त भएको छ ।

 

अब छिट्टै नै मन्त्रीमण्डल विस्तार गरी आजै शपथ गराउने तयारीमा रहेका जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार शुक्रबार चार बजेभित्र मन्त्रीहरूको शपथ गराउने तयारी रहेको छ ।

प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतल निवास गएको बुझिएको छ ।

 

प्रकाशित : 31 March, 2023

प्रतिक्रिया दिनुहोस्