प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै २’ को भिडियो सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । चैत १८, गायिका प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै २’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा किरण पुनको शब्द, सुवास भुषालले संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ ।

जेनिशा गौतमद्वारा निर्देशित गीतमा जेनिशा र कमल घिमिरेको अभिनय रहेको छ । गायन र अभिनयमा जमेकी जेनिशाको भिडियो निर्देशनमा भने यो पहिलो प्रयास रहेको हो । प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोमा ओम गोरखालीको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

प्रकाशित : 1 April, 2023

प्रतिक्रिया दिनुहोस्